Lyrics
Soltini Kya Ramri Lyrics – Sunil Giri
Soltini Kya Ramri Sunil Giri Lyrics
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
त्यै मुहारमा
त्यै मुहारमा, त्यस्तो जादु के छ र?
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
कसकी हौ नि छोरी माया, चिने पनि जस्तो लाग्यो
केहि कदम उकालीमा हिडेँ पनि जस्तो लाग्यो
झुकीए कि कुन्नी म त, भनिदेउ न नाम तिम्रो
कहिलेकाही भेट्न आउँला बताईदेउ न गाम तिम्रो
डिलैमा मेरो घर सधैँ तिमीलाई देखेर
आको म त
आको म त, बोल्न बाटो छेकेर
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
( सोल्टिनी क्या राम्री, जून जस्तो मुहार )
सधैँ किन बेशी झर्छौ यतै तिर घर सार
मिल्छ भने तिम्रो नाउमा मेरो नाउको थर सार
कर्कलाको पात माथि तैरिएको पानी जस्तै
जोवन पनि त्यस्तै हो नि, बेलै माथि ख्याल गर
सम्हाल सम्हाल पछि ढिलो होला नि
डाँडापारि
डाँडापारि, घाम ढल्की जाला नि
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
( सोल्टिनी क्या राम्री, जून जस्तो मुहार )
Sunil Giri – Soltini Kya Ramri (सोल्टिनी क्या राम्री)