Lyrics

Ghumi Ghumi Lyrics – Sujan Chapagain

Rhymora · May 27, 2024 · 1 min read

Ghumi Ghumi Sujan Chapagain Lyrics

[Intro]
हा ओइ हा ओइ
हा ओइ हा ओइ
हा ओइ हा ओइ
हा ओइ हा ओइ

[Chorus]
घुमी घुमी झर्यो ओराली को बाटो
तिमि आउनु तेही बाटो अरु ठाउँ साटो
अरु ठाउँ साटो नि रिमै अरु ठाउँ साटो

सुस्तइ सुस्तइ छाड्यो उकाली को बाटो
बोकी आउनु एक मुठी माया रितई आउनु साटो
रितई आउनु साटो नि रिमै रितई आउनु साटो

[Verse]
सुर्ता हो कि माया हो ज्यान जुरो जुरो भो हो
संकाइ देउ कि बोलि देउ भन्देउ के कुरो हो
जुन होकि घाम हो दिन रातै सताउने
मन ले हो कि ओठ ले हो तिम्रै नाम रटाउने

[Chorus]
कपालैको लाउनु पर्दा हात ले छोप्नु साटो
हातले छोप्नु साटो नि रिमै हातले छोप्नु साटो
शिरमा लाउनु छड्के टोपी बुल्बुली को साटो
बुल्बुली को साटो नि रिमै बुल्बुली को साटो

[Verse]
सुनाइदिऊँ कि लेखिदिउ नाम तिम्रो बांसै कोरेर
चढ़औला देउराली मै फूलपाती सोरेर
आज हो कि भोलि हो झन् नजिक नजिक सराउने
आँखै ले कि मुटुले अचाकाली मन पराउने

[Chorus]
यादै आए पुग्ने पो रैछ भोक निन्द्रा को साटो
भोक निन्द्रा को साटो नि रिमै भोक निन्द्रा को साटो
तिम्रै माया चली नै रहने ढुक ढुकी चल्नु साटो
ढुक ढुकी चल्नु साटो नि रिमै ढुक ढुकी चालु साटो

[Bridge]
मालचरीका का बथान हजुर बासै सारे भए
आशु संगै दुख झरे खुसि भारीलाइ
रित्तो छगाटि हेरी रहयो मुटु दि पठाए
आफ्नै हातले सिर फुल डाडै कटाए डाडै कटाए

[Chorus]
साटी जाउ भो कस्तुरी माया यसै छुट्नु साटो
यसै छुट्नु साटो नि रिमै यसै छुट्नु साटो
लग्यो भने बाडुल्की मलाई आउला येही बाटो
आउला येही बाटो नि रिमै आउला येही बाटो

[Verse]
चलिरह्यो सासै हजुर तेही छाती मा बांसै भो
घुमी रह्यो घडी पल पलई रह्यो आसै त्यो
उडी आयो बदलु त बर्सियेरा पानी
फर्की आयो परान हजुर बच्यो जिन्दगानी

[Chorus]
तिमी आउनु तेही बाटो रिमै अरु आउनु साटो
बोकी आउनु एक मुठी माया रित्तै आउनु साटो

Ghumi Ghumi – A Folk Journey|Sujan Chapagain & Shanti Shree Pariyar Ft. Bipin Karki & Anjana Baraili