john chamling rai

Prasna Lyrics – John Chamling Rai

Rhymora · May 18, 2024 · 1 min read
Prasna Lyrics - John Chamling Rai

Prasna Lyrics by John Chamling Rai: John Chamling Rai just dropped a new song on YouTube called “Prasna.” It’s a raw version, so you’re getting his pure talent straight up.

ArtistJohn Chamling Rai
Song TitlePrasna
Released VersionRaw
Release PlatformYouTube
Song Info

Prasna Lyrics – प्रश्न

Prasna John Chamling Rai Lyrics

मुहार मुस्कुराए नि
भित्र कतै दुखि नै छु कि
गन्तब्य खोज्दा खोज्दै
आफुलाई नै बिर्सी सकेकी
दिन देख्ने आसमा
रातै याहा कट्दैना कि

सधै भिडमा भए नि
सुन्यता ले छाड्दैन कि
हे इश्वर
भनिदेउ कहाँ जाने म
अब या कसलाई सोध्ने त
उत्तर कहिँ पाएन
क चै गर्ने

हे इश्वर
बरु लग यो जिन्दगानी
सुम्पिदिए तिमीलाई आफ्नै ठानी
थाकिसके धेरै
थाकिसके धेरै

आँखाले देखे नि यो
भित्र कतै अंधाई पो छु कि
सुने जस्तो लाग्छ खै
केहि कुरा यादै छैन कि
हिडेको त धेरै भो
लडेको बिर्सिन्छु कि
आशु बिना दिन रात
यहाँ रुदै छु कि

हे इश्वर
भनिदेउ कहाँ जाने म
अब या कसलाई सोध्ने त
उत्तर कहिँ पाएन
क चै गर्ने

हे इश्वर
बरु लग यो जिन्दगानी
सुम्पिदिए तिमीलाई आफ्नै ठानी
थाकिसके धेरै
थाकिसके धेरै

Prasna (Official) – John Chamling Rai