Lyrics
Euta Manche Ko Lyrics – Narayan Gopal
Euta Manche Ko Narayan Gopal Lyrics
एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा
एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा
एउटा साथी को साथले कति
फरक पर्दछ जिउनुमा
एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा
सिसिर यामको जाडोमा पनि
सिसिर यामको जाडोमा पनि
फुल्दछ फुल मुस्कानको
अध्यारो औंसीको रातमा पनि
बल्दछ दियो विश्वासको
नयन भरिको आशुमा पनि
नयन भरिको आशुमा पनि
बसेको हुन्छ तस्बिर त्यो
हृदय भरिको चोटमा पनि
लुकेको हुन्छ मायालु त्यो
एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा
बिछोड हुदाको दुखमा पनि
बिछोड हुदाको दुखमा पनि
भरोसा हुन्छ मिलनको
झगडा हुदाको बेलामा पनि
पत्यार हुन्छ साहाराको
मायालु बिनाको हुदो हो कति
मायालु बिनाको हुदो हो कति
उराठ लाग्दो संसार यो
पिरती बिनाको हुदो हो कति
निरस एक्लो सम्झना यो
एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा
एउटा साथीको साथले कति
फरक पर्दछ जिउनुमा
एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा
Euta Manche Ko Mayale Kati | Narayan Gopal | Nepali Song