Ekdev Limbu

Soltini Lyrics – Ekdev Limbu

Rhymora · June 6, 2024 · 1 min read

Soltini Ekdev Limbu Lyrics

(इंगा मिम मेट्ने भनेको म तिमीलाई माया गर्छु)

सोल्टिनी कसरी भनु तिमीलाई मेरा मनका कुराहरु
भनि सोचीरहन्छु थाहा छ कि छैन तिमीलाई
म त डुबी सक्या छु तिम्रो मायामा धेरै
पोखु भन्छु अलि अलि डर लागिरहेको छ मलाई
तर जे सुकै होस् भनि हेर्छु एकचोटी तिमीलाई

चाहन्छु तिमीलाई म धेरै धेरै इंगा मिम मेट्ने
मानी देउ अब मेरो प्रस्ताब ली इंगा मिम मेट्ने
इंग मिम मेट्ने, इंग मिम मेट्ने, इंगा मिम मेट्ने

इंगा मिम मेट्ने

भनिदेउन मन मा के छ बरु देउ
यो आखामा हर्षका आशुहरु
थामीदेउ न हात मेरो भरि त्यो संसार मेरो
खुसिका रंगहरुले
पोखु भन्छु अलिअलि डर लागिरहेको छ मलाई
तर जेसुकै होस् भनि हेर्छु एकचोटी तिमीलाई

चाहन्छु तिमीलाई म धेरै धेरै इंगा मिम मेट्ने
मानी देउ अब मेरो प्रस्ताब ली इंगा मिम मेट्ने
इंग मिम मेट्ने, इंग मिम मेट्ने, इंगा मिम मेट्ने

इंगा मिम मेट्ने

फुलैको थुंगा तिमी पो हौ कि
सिर्फुल सिरमा जुनै पो हौ कि
आकाशको तारा टिपी ल्यायेउ कि
झुटो बोलेमा मै मारी जाउँ कि
हे हे हे हे हे.…….

चाहन्छु तिमीलाई म धेरै धेरै इंगा मिम मेट्ने
मानी देउ अब मेरो प्रस्ताब ली इंगा मिम मेट्ने
इंग मिम मेट्ने, इंग मिम मेट्ने, इंगा मिम मेट्ने

EKDEV LIMBU – SOLTINI [OFFICIAL MUSIC VIDEO] Prod. B2