Lisson Khadka

Baraline Maan Lyrics – Lisson Khadka

Rhymora · May 9, 2024 · 1 min read
Baraline Maan Lyrics - Lisson Khadka

Baraline Maan Lyrics by Lisson Khadka: Baraline Maan” is Lisson Khadka‘s latest song on YouTube. Lisson wrote, performed, and composed it, while Esthar Rijan handled production, mixing, and mastering.

TitleBaraline Maan (Baraline Maan Lyrics)
ArtistLisson Khadka
RoleWriter, Performer, Composer
ProducerEsthar Rijan
TasksProduction, Mixing, Mastering
Song Info

Baraline Maan Lyrics – बरालिने मन

Baraline Maan Lisson Khadka Lyrics

माया किन यस्तो गरेउ
म बाट के गल्ति भो र
कहिले छाडि जाँदिन भन्थ्यौ
आहिले ति बाचाहरु बिर्स्यौ र

एकचोटी भन्दया भए हुन्थ्यो नि
मेरो अरु नै कोई छ भने
म आफ्नो बाटो लागि हाल्थे
तिम्लाई हाँसी हाँसी जान दिन्थेनी

किन झुटो बोलि रहयौ
किन झुटो आशा दिरहयौ
आखिरमा छाडि जानु रहेछ भने
किन पहिलै माया गास्यु

बरालिने मनै त हो
ठिकै छ तिम्रो नि बरालियो
कमसेकम एकचोटी भन्दया भए हुन्थ्यो
यो मन तिम्लाई सम्झी बस्दैन थ्यो

सारै चित्त दुख्यो
तिम्लाई अरूको अंगालोमा देख्दा
मनलाई बुझाउनै गार्हो भयो
बरु मर्न सजिलो यो भन्दा

खै के के चाई गरिन र
सधैं तिमीलाई खुसी बनाउन
मरीहत्ते नै गर्थे तिम्रो लागि
तिम्लाई सबै थाहा छदै छ

जीवनै तिम्रो नाम गरेको थे
आँखा चिम्लेरै भर परेको थे
त्यसको सट्टा माया मात्रै मागेको थि
त्यै नि दिन सकेनौं तिमीले

तिमीले, तिमीले
विश्वास मारी हाल्यौ
तिमीले, तिमीले
अलपत्र पारी छाड्यौ

पहिला हसायौ पनि तिमीले
आहिले फसायौ पनि तिमीले
मिठा मिठा आकाश छुने सपना देखाई
भुइँमा खसायौ पनि तिमीले

यो मुटु जोड्यौ पनि तिमीले
आहिले तोड्यौ पनि तिमीले
सधैं भरि साथ दिन्छु भने बिच बाटोमै
हात छोड्यौ पनि तिमीले

गल्ति मेरो पनि या छ
पर्नै नहुने थियो तिम्रो भर
भको सबै माया दयाथे तिम्लाई तर
कुकुरलाई घ्यू कहाँ पच्छ र

तिमी मान्छे ठीक छैनौं भनि
साथी भाइले त भनेकै थें
त्यै नि कसैको कुरा सुनिन सधैं
तिम्रो पछि लागिरहे

ठिकै छ खुसी भयौ होला नि
मैले भन्दा बढी माया उसले दियो
आशा छ अब तिम्लाई देख्नै नपरोस्
हाम्रो कथा यहिनै टुंगियो.

Baraline Maan – Lisson Khadka [ Official Music Video ]