Anuprastha

Din Lyrics – Anuprastha

Rhymora · June 14, 2024 · 1 min read

Din Anuprastha Lyrics

दिन
त्यो पनि थियो
जब हाम्रो क्षण
अङ्गालोमा बित्यो
दिन
यस्तो पनि रहेछ
छुटिएर पनि बाँच्नु पर्यो
मेरो झैँ तिम्रो पनि
बाध्यता थियो होला
एक आपसको
बिछोडमा पनि
तिमी पनि त
रोयौ होला

र दुई शब्द यो
जिन्दगीले
तिम्रो माया पाउन सकिनँ
जिजीविषा मेरो शुन्यतामा
बिलाउनु थियो
बिलाई गयो

कोही छैन अब मेरो
अर्धना सुन्ने
कोही छैन अब मेरो
अर्धना सुन्ने
जीवनमा एक्लो थिएँ
एक्लो नै हुन्छु

र दुई शब्द यो
जिन्दगीले
तिम्रो माया पाउन सकिनँ
जिजीविषा मेरो शुन्यतामा
बिलाउनु थियो
बिलाई गयो

त्यसैले नै अब तिमी
फर्क न
त्यसैले नै अब तिमी
फर्क न
आउने आशमा नै
बाँची रहन्छु

Din l Anuprastha ll Official Music Video